नेकपाका महासचिव विप्लवको तलब मासिक २० हजार

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने गरेको बताएका छन् ।हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले सो खुलासा गरेका हुन् ।

तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’सो कार्यक्रममा बोल्दै विप्लवले आफूले ट्याक्टर लगाउने लगायतका काम गर्ने गरेको भन्दै हातको ठेला देखाएका छन् ।

‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ उनले भनेका छन्, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।भिडियो

थप समाचार –म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको भए । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उनी अझै हट्टाकट्टा छन् ।

आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो हुनुहुन्छ । उहाँले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताए ।उनीसँग जीवनमा भोगेका अनेकौँ अनुवभ छन् । उतिबेला दलबहादुरले भोगेका कैयौँ अनुभव अहिले आफैँलाई नौलो लाग्छन् ।

उनले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुवभव छ जुन उनी कहिल्यै भुल्दैनन् ।पन्ध्र दिनको पैदल यात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उनीको मानसपटलमा अझै ताजै छ । उनले यो दुःख चाहेर पनि भुल्न सक्दैनन् । दुर्गम गाउँ ।त्यसमाथि पनि सरकारी निकायको ध्यान कम पुगेको गाउँ ।

विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल अहिले गाउँसम्म बिजुली बत्ती र सडक पुगेको छ ।गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुली बत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन तर अहिले गाउँघरमै सररर गाडी गुड्दा, बिजुली बत्तीले झिलिमिली हुँदा छन्त्याल दङ्ग हुनुहुन्छ ।

छन्त्याल मात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधाहरु पुुगेपछि यहाँको बासिन्दाको खुसीको सीमा नै छैन । सडक बनेर गाडीमार्फत बुटबल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्त पार गरेका यहाँका वृद्धवृद्धाहरुले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्न पाएका छन् ।

गत फागुनमा दग्नामको अक्करे भीरलाई फोरेर दर्मिजा, चिमखोला र कुइनेमङ्गलेसम्म गाडी पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसीयाली छाएको हो । “हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिइनँ, तर अहिले त हेर्नुस् गाडी सररर चल्छन्,

बिजुली बत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एक दिन लाइन आएन भने अन्धकारमा बसे जस्तो हुन्छ”, कुइनेमङ्गलेका अर्का वृद्ध फबहादुर छन्त्यालले मुस्कुराउँदै भने, “बटौलीमा गाडी देख्दा डराउँथ्यौँ,

अहिले त के को डराउनु अल्ली तल जानु प¥यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, कोसौँ टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई÷चार पाइला हिँड्न पनि गाह्रो लाग्छ ।”उनले जिल्ला सदरमुकाम बेनी बजार आउजाउ गर्न एक साता लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुख पाएको बताए ।

“कागज पत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानु पथ्र्यो, यहाँबाट हिँडेर बेनी पुग्दा दुई दिन, फर्किँदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गर्थे, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो”,

छन्त्यालले भने, “अहिले त बिहान सररर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कसले सोचेको थियो होला र ?”उनले अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनु पर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको बताए ।

“पहिलेको दुःखलाई सम्झिँदाखेरि त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ”, छन्त्यालले भने “अहिले त सबथोक छ, के छैन ?, उति बेला घ्यू बोकेर १५÷१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।”

छन्त्यालले आफूले गाईभैँसी गोठमा धेरै समय बिताएको भन्दै अबका पुस्ताले आफूहरुको बिँडो नथाम्ने चिन्ता व्यक्त गरे ।“मैले जन्मेको पाँच÷छ वर्षदेखिनै गाईभैँसीको गोठालो गर्न थालेको हूँ, हाम्रो जमानामा पढ्ने लेख्ने भन्ने केही थिएन, अहिले त, जन्मिने बित्तिकै पढ्न जान्छन्”,

उनले भने, “यस्तो पढ्ने लेख्ने केटाकेटीले के गाई, भैँसी, भेडाबाख्राको गोठोले गर्थे ?, अब पछिपछि त यो गाईभैँसी भन्ने पनि पाइँदैन कि क्या हो ।”गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माण भएर गाडी गुड्न थालेपछि यहाँका स्थानीयवासीले यस्तो सुविधा पाएका हुन् ।

अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीहरुसँगको साझेदारीमा सडकको ट्र्याक खुलेको हो ।विसं २०६७ देखि सडक निर्माण थालिएकोमा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नम्बर ४ का वडाध्यक्ष रुकबहादुर गर्वुजाले बताउनुभयो । यस सडक सञ्जालले यस क्षेत्रका करिब पाँच हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित बनेका छन् ।

खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयबासी सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।यस क्षेत्रमा उत्पादन हुने आलु, सिमीलगायतका कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याउने अपेक्षा गरिएको वडा नम्बर ८ का वडाध्यक्ष गमान छन्त्यालले बताए ।

उनले धौलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नसमेत सडकले सघाउने बताए ।आर्थिक वर्ष २०७४ ०७५ देखि हालसम्म यस सडकखण्डमा रु १८ करोडभन्दा बढी बजेट खर्च भएको रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।