सरकारि कर्मचारिकाे तलब बढेन

काठमाण्डाै – सरकारले आन्तरिक पर्यटन बढाउन सरकारी कर्मचारीलाई घुम्न पठाउने भएको छ । आउँदो बजेटमा सरकारी कर्मचारीलाई घुम्न पठाउन प्याकेज घोषणा भएको छ ।

सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको घुम्ने रकम दिइने बजेटमा उल्लेख छ । यस्तै विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।