कक्षा ८ का विद्यार्थीको परीक्षाको नतिजा आन्तरिक मुल्याङ्कनका आधारमा मूल्याङ्कन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ८ का विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने निर्णय गरेको छ ।

महानगरले यसका लागि आन्तरिक कार्यविधि तय गर्दै आगामी जेठ २५ गतेसम्म नतिजा प्रकाशन गर्न मातहतका विद्यालयलाई निर्देशन गरेको छ ।

यसका लागि शैक्षिक सत्र २०७७ सालको पहिलो र दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्याङ्कनबाट ४० र विद्यालयको मूल्याङ्कनबाट २० प्रतिशत गरी नतिजा प्रकाशन गर्न निर्देश गरिएको छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।