बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय- नेपाल सुन चाँदी व्यवसायी महासंघ

१५ वैशाख, काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ ।

निषेधाज्ञाका कारण देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

अहिले हरेक दिन बैंकमार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ । बिहीबारदेखि प्रमुख शहरमा कारोबार हुँदैन, त्यसैले आयात रोक्ने निर्णय ग¥यौं,’ महासचिव बज्राचार्यले भने ।

निषेधाज्ञा अवधिभर महासंघको कार्यालयसहित निषेधाज्ञा घोषणा भएका क्षेत्रमा सुन चाँदीको कारोबार रोक्ने निर्णय पनि महासंघले गरेको छ ।

निषेधाज्ञा अवधिभर सुनको बजार कारोबार मूल्य भने तोक्ने कार्य भने निरन्तर रहने महासंघले जनाएको छ ।