चाँदीको भाउ स्थिर -सुनको भाउ तीन सय रुपैयाँले घटे

७ वैशाख, काठमाडौँ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।