वैशाख ७ गतेदेखि ११ गतेसम्म देशभर कोरोना खोपको दोस्रो डोज

७ वैशाख, काठमाडौँ । गएको माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा कोभिशिल्ड खोप लगाइएको थियो ।

पहिलो चरणमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा आज वैशाख ७ गतेदेखि ११ गतेसम्म देशभर तोकिएका खोप केन्द्रबाट लगाइँदै छ । पहिलो मात्रा लिएकाहरुले खोप केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउनुपर्नेछ ।

खोप लगाउन जाँदा नागरिकले पहिलो मात्रा लगाउँदा दिएको खोप कार्ड लिएर जानुपर्छ । जिल्लाहरुमा खोपकेन्द्र तोकिएको हुन्छ, त्यहीँ गएर खोप लगाउनुपर्छ ।