नायक शिव श्रेष्ठ र नायिका गौरी मल्लको २० वर्ष पछि नयाँ जोडी

काठमाडौं- नायक शिव श्रेष्ठ र नायिका गौरी मल्ल एक साथ देखिने भएको छन् । यो जोडीलाई २० वर्ष पछि पर्दामा एक साथ देख्न पाइने भएपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘डाँडाको बर पीपल’ मा एक साथ काम गर्न लागेका हुन् ।

यस अघि यो जोडीले । फिल्म ‘धर्मसंकट’मा काम गरेका थिए । दुई दशकपछि सँगै काम गर्न पाएकोमा दुवैले खुसी व्यक्त गरेका छन् ।फिल्ममा उनीहरुको छोराको भूमिकामा सलोन बस्नेत, राजीवजंग बस्नेत र यशराज गराचले अभिनय गर्दैछन् ।

छोरा र आमा( बुबाबीचको सम्बन्धको कथा वाचन गर्ने फिल्म बुढा सुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको हो । ल्मका लागि नायिकाको भने टुंगो लागिनसकेको बताइएको छ ।

फिल्म काठमाडौं, कालाबाङ, शे९फोक्सुन्डो ताल र पूर्वका विभिन्न स्थानमा खिचिनेछ । फिल्ममा सलोन विकट गाउँको एक गोठालोको भूमिकामा देखिने छन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत छ ।