रेशम चौधरी भेट्न महेश बस्नेत जेलमै पुगे

बदलिदो राजनीतिक घटनाक्रम संगै जेलमा रहेका रेशम चौधरी पनि अहिले चर्चामा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार टिकाउन अब अर्को पार्टीको साथ चाहिन्छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ वहुमतका लागि ओलीले अर्को पार्टीको सहयोग लिनुपर्ने हुन्छ ।

अहिले जसपा र प्रधानमन्त्री ओलीबीच नयाँ सत्ता समिकरणका लागि छलफल भइरहेको छ । जसपाले सरकारमा जान पहिलो सर्तका रुपमा जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग राखेको छ । त्यसैले उनी अहिले चर्चामा छन् ।

सरकारसंग वार्ता गरिहरेको जसपाले चौधरीको रिहाइका लागि भन्दै दवाव दिन माइतीघर मण्डलामा धर्ना जारी राखेको छ । धर्नामै पुगेर गृहमन्त्री रामबहादुर थापा बादलले जसपाको माग प्रति सकारात्मक रहेको बताएका थिए ।

शुक्रवार फेरी ओली निकट नेता महेश बस्नेत चौधरीलाई भेट्न जेलमै पुगेका छन् । कैलालीबाट निर्वाचित जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई शुक्रबार बिहान डिल्लीबजार कारागार पुगी भेट गरेका हुन्।ओली र जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुबीच निरन्तर वार्ता जारी छ।

२०७२ सालमा कैलालीमा एक एसपीसहित सात प्रहरी र एक बालकको निधन भएको काण्डका चौधरी दो षी हुन्। जिल्ला अदालत र उच्च अदालतले चौधरीलाई मुख्य योजनाकारका रुपमा दो षी ठहर गर्दै जन्म कै दको फैसला सुनाएको छ।