रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्नुपर्ने कुरा ओलीले इन्कार गरे

काठमाडौं । नेकपा एमालेमै रहेका नेताहरुबीच अनौपरिक विभाजनले फेरी राजनीति तरंगित भइरहेको छ । एउटै पार्टीमा रहेका नेताहरुले एक अर्कालाई कारवाही गरिरहेका छन् । समानान्तर कमिटि निर्माण भइरहेका छन् ।

एमालेमा केपी शर्मा ओली र माधव कुमार नेपाल समुह दुई फरक अस्थित्वमा देखिएका छन् । अध्यक्ष ओलीले आफ्ना विपक्षमा रहेका पार्टीका नेताहरुलाई स्पष्टिकरण सोध्ने र कारवाही गर्ने मनस्थितीमा छन् ।

एमालेका माधव पक्षमा रहेका ४ जना नेतालाई स्पष्टिकरण सोधिएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षको शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा केही नेतालाई कारबाही गर्ने कुरा उठ्यो । बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको हो ।

पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेको भन्दै नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार सोही क्रममा नेतृद्वय अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्नुपर्ने कुरा उठ्यो । तर, ओलीले इन्कार गरे । ती नेताका अनुसार शाक्य र झाँक्रीको प्रसंगमा प्रधानमन्त्री ओलीले भने, ‘वेट नै नभएकासँग के स्पष्टीकरण सोध्नु र ?