शहरमा छोरा पढाउन बसेकी श्रीमती अचानक हराइन्

काठमाडौ । बुटवलका कुलवहादुर थापालाई निकै ठूलो समस्या परेपछि मिडिया गुहार्न पुगेका छन् । उनको श्रीमती सम्पर्क विहिन भएपछि सहारा खोज्दै हिडेका थिए । कात्तिक ४ गते कुलबहादुरको श्रीमती घरवाट हिडेको छोराले बताएपछि उनी पहाडवाट बुटवल झरेका थिए ।

स्याग्जामा उनी श्रीमतीकै आमा (सासुआमा) लाई पालेर बसेका थिए । घरज्वाइँ बसेर वृद्ध सासुआमाको स्याहार गरेर कुलबहादुर स्याग्जामा बस्थे भने उनको श्रीमती वुटवलमा आफ्नो छोरा पढाउन बसेकी थिइन् ।

अचानक कात्तिक ४ गते फोन गरेर आमा बिरामी हुनुहुन्छ छिटो घर आउनु भनेर बोलाए । उनी तत्काल बुटवल आए तर त्यती बेला श्रीमती घरमा थिइनन् । उनका छोरा १९ वर्षका जनक थापालाई लिएर पढाउन भन्दै श्रीमती वुटवलमा बसेकी थिइन् । आमाले पानीको बिल तिर्न जान्छु भन्दै हिडेको बताएकी थिइन् ।

छोरा भन्छन्, म लकडाउनको बेलामा ट्युशन पढाउने गर्थे, त्यही बेला आमा घरमै हुनुहुन्थ्यो, एक छिनमा आउँछु भन्दै आमा हिड्नु भएको थियो । एकछिन पछि म पनि बाहिर निस्किए । तर साँझ ६ वजेतिर घर फर्कदा घरमा ढोका लगाएको थियो । मैले आन्टीको मोवाइल मागेर ममीको मोवाइलमा फोन गर्दा अफ भन्यो । राती सम्म पनि आमा नआएपछि भोली पल्ट प्रहरीकहाँ निवेदन दिन गएँ र सबैतिर खोज्न थालेँ तर कतै फेला पर्नुभएन ।

उनले आमाको फोन रेकर्ड हेर्दा पनि त्यस्तो शंकास्पद नदेखिएको बताएका छन् । एक साता भित्र फोन गरेकाहरुको रेकर्ड हेर्दा त्यस्तो शंकास्पद फोन कसैसंग पनि नभएको देखिएको उनको भनाई छ । उनले संगै बस्दा पनि आमाको शंकास्पद गतिविधि पनि नदेखेको बताएका छन् । उनीहरुले आमालाई केही भयो की भन्ने चिन्ता लागेको छ ।