नेपाली इसाई मिडियाकाे कथा

कथा धेरै प्रकारका हुन्छन् । कथा सुन्नेहरुले कथा सुनेपछि कथा जस्ताे छ त्यस्तै प्रतिक्रिया देखाउछन् त्यसपछि सकिन्छ ।
पछिल्लाे अबस्थामा इसाई मिडियाहरुले सफलताकाे कथा निर्माण गर्न सकिरहेका छैनन् । सफलताकाे कथा त नेपाली मिडिया हाउसहरुले पनि कहाँ निर्माण गरेका छन् र ? लगडाउनमा ठूला मिडिया हाउसले पनि पत्रकारलाई तलब दिन नसकेर जागिरबाट निकालेकाे हामीले देखेकै त छाैं ।

कुनै पनि ब्यक्तिले अाफ्नाे अास्थावान क्षेर र बिचार मिल्ने समुदायकाे पक्षमा केही गर्ने अाशा राख्ने गर्छ । त्यसैले नेपाली इसाई मिडियाकर्मीहरुले पनि अाफ्नाे समुदायकाे लागि केही गर्नकाे लागि कसैले पत्रिका प्रकाशन गरे, कतिले टि.भी खाेले, कतीले अनलाइन पत्रिका दर्ता गरे । दुःखकाे कुराे तर कसैले सफलताकाे सुनाैलाे कथा निर्माण गर्न सकेनन् ।

नेपाली इसाई मिडिया एक पछि अर्काे बन्द हुनुले पत्रकारितामा रुचि राखेका पछिल्लाे पिडीहरुलाई निरासा तुल्याएकाे छ । र अर्काे कुरा भारी रकम तिरेर मूलधारका मिडियामा ख्रीष्टियन कार्यक्रम प्रशारण गर्ने संस्थाका कर्मचारी तथा पास्टरहरुलाई गिज्याईरहेकाे छ ।
मैले पढ्दा पढ्दै कतिपय पत्रिका बन्द भए, मैले हेर्दा हेर्दै कतिपय अनलाइन बन्द भए र अाज फेरि संध‌ै लामाे समयदेखि इसाई समुदायकाे अावाज बाेलेकाे गुड न्यूज टि.भि बन्द हुने अबस्थामा छ । किन बन्द हुन पुग्याे भन्ने प्रश्नकाे जवाफ नेपाली चर्चहरु र संस्थाका कार्यक्रम पैसा तिरेर मूलधारका मिडियामा प्रशारण र प्रकाशन गर्नेहरुले साेद्नुत नसाेद्नुहाेला तर यसकाे जवाफ उहाँसँगै छ ।
पत्रकारिता भनेकाे सामाजिक सेवा हाे ।

सामाजिक सेवाकाे भाव भएकाे ब्यक्तिमात्रै मिडिया क्षेत्रमा अाउँछ । पैसा कमाउनेले मिडिया राेज्दैन,अरु कुनै बाटाे राेज्छ । समुदायकाे लागि भनेर दिनरात काम गर्दा समूदायलेनै मिडियाकर्मीकाे दुःख बुजेन भने कसरी बनाउन सक्छन् नेपाली इसाई मिडियाकर्मीहरुले सफलताकाे कथा ?

घर परिवार चलाउन कि सफलताकाे कथा निर्माण गरुन? पारिवारिक जिम्मेवारी निभाउन कि कथा निर्माण गरून् ? कृपया हामी तपाईंकाे पत्रकारिता र तपाईंकाे मिडियाकाे निम्ति प्रार्थना गर्दिन्छु मात्रै नभन्दिनुहाेस् बरु प्रार्थना गाेप्यमा गर्दिनुहाेस्, अाफूले सकेजति सहयाेग गर्दिनुहाेस् ।
– हरि जिज्ञासु