सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिए

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २८ हजार ७ सय बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जानकारी दिएको छ ।

बुधबारबाट शुरु भएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ २८ हजार ७३२ जनाले लगाएको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ ।भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको बुधबारप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ । यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो ।