प्रचण्डको राजनितीक क्रान्ति सफल भैसकेको छ

प्रचण्डको राजनितीक क्रान्ति सफल भैसकेको छ। उहाँको ९० प्रतिशत एजेण्डा देशमा लागु भैसकेको छ। कठिन परिस्थिति र घेराबन्दीको बिचमा दुई पटक प्रधानमन्त्री समेत भैसक्नु भयो।

सामाजिक क्रान्तिका निम्ती, विकासका निम्ती धेरै अबरोधहरु खडा भयो। तर पनि उहाँ निरन्तर संघर्षमा हुनुहुन्छ। अहिले उहाँ सडकमा हुनुहुन्छ। उहाँले यो जे गर्नु भएको छ त्यो धर्म निरपेक्षता, संविधान, संघियता, गणतन्त्र, समावेशी, समानुपातिक अधिकारको रक्षाका लागी हो। समग्रमा यो भावी पुस्ता र युवाहरुको भविष्यको लागी हो। यसकारण हामी सबैले प्रचण्ड लाईनमा खडा हुनुको कुनै विकल्प छैन। अग्रगामी कदम भनेको यही हो।