फेसबुकले सामाजिक मर्यादा कायम राख्न भन्दै भान्टाको इमोजीमा प्रतिबन्ध

काठमाडौं – फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा कायम राख्न भन्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ ।

अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न नपाइने भएको हो ।भान्टा तथा आरुको आकारले अश्लीलता प्रवर्द्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो ।

पछिल्लो मापदण्डमा फेसबुक र इन्स्टाग्रामले सामान्यरुपमा प्रयोग गरिने यौनिक सेक्सुअल इमोजी वा इमोजी स्ट्रिग्समाथि प्रतिबन्ध लगाएको हो ।कतिपय इमोजीहरुलाई प्रतीकात्मकरुपले यौन प्रतिनिधित्वका लागि प्रयोग गरिएको भन्दै पोर्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा यस्ता इमोजीमाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।