बिन्दवासिनी म्युजिक प्रा.लि.का ञ्चालिका लिना शर्मा रेग्मी पक्राउ

२७ पुस, काठमाडौं । बिन्दवासिनी म्युजिक प्रा.लि.का एक जना सञ्चालकलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कम्पनीकी सञ्चालिका लिना शर्मा रेग्मी छिन् ।

उनलाई धुम्बाराहीस्थित घरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेस विष्टले बताए । विष्टका अनुसार गायक प्रमोद खरेलले दिएको प्रतिलिपि अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा शर्मालाई पक्राउ गरिएको हो ।