विहानै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे

काठमाडौ । अहिले सम्म कतै पनि नखुलेका नेकपाका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम शुक्रवार विहानै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको अनौपचारीक रुपमा विभाजन भएपछि उनी तटस्थ बस्दै आएका छन् । पार्टी एकिकरणमा महत्वपुर्ण भूमिका निभाएका वामदेव विभाजनवाट सन्तुष्ट छैनन् ।

उनले एकताका लागि छुट्टै अभियान सुरु गर्ने तयारी गरेको बुझिएको छ । यसै साता पत्रकार सम्मेलन गरेर आफ्नो समुह सार्वजनिक गर्ने योजना बनाएको स्रोतले जनाएको छ । त्यसका लािग उनले देशभरीवाट तटस्थ रहेका नेताहरुको सूची तयार पारेका छन् । १५०१ जनाको सूची तयार पारेर सार्वजनिक गर्ने योजनामा रहेका वामदेव शुक्रवार विहान प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।

स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर उनको निवास खुमलटार पुगेका थिए। राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्।

राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड(नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताएका छन्। नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन्।

पूर्वमाओवादीका रामबहादुर थापा केही दिनको अन्यौलपछि ओली समूहमा लागेका थिए। वामदेवले भने अहिलेसम्म आफ्नो कित्ता क्लियर गरेका छैनन्।