कमरेड, हामी यता छाैं -हरि जिज्ञासु

अचेल अलि चिसाे छ कमरेड । चिसाेले मुटु छुन्छ । साउन, भदाैमा पानीकाे झरीले खुब सतायाे । अहिलेफेरि सितलहरले सताएकाे छ । बालबच्चा साना छन् कमरेड, उनीहरुलाइ एक सर्काे जाडाेमा लगाउने कपडा किन्दिन सकेकाे छैन । जब रात छिप्पीदै जान्छ चिसाेले टिनकाे छाप्राेलाई छिचाेलेर मुटु भित्र प्रबेश गर्छ । राति मेराे परिवारले लुकलुक काँप्दै चिसाेसँग सामाना गर्छाैँ ।

तपाईंलाई थाहि छ कमरेड, हिउँद महिनामा दिन छाेटा हुन्छन् रात लामा हुन्छन् । हामी त काम गरिखाने मान्छे । चिसाेले थुरथुर काप्दै गरेकाे कामले परिवारकाे लागि नूनतेल किन्न ठिक्क हुन्छ । महिनाभरी मरिमेटी साहुकाे काम गर्याे साहुले त्यहि जावाे थाेरै तलब पनि अर्काे महिना दिउँला भन्दै झुलाईदिन्छ ।

घरमा ७१ बर्षीय बुढी अामा छिन् कमरेड, बुढीले जाडाे भयाे भनेर संधै किचकिच गरिरहन्छन् । दुईटा साना बच्चा छन् उनीहरुले पनि चिसाेले नाकबाट बगेकाे सिगान हातले गालामा लिप्दै भन्छन ” बाबा चिसाे भयाे ।” म के जावफ दिअाैं कमरेेड ? न मैले तत्काल टिनकाे छाप्राे भत्काएर नयाँ घर बनाउन सक्छ, अरे यार ! घरकाे कुराे त सपना भयाे । परिवारकाे लागि खाना खर्च धान्ने पैंसा छैन । बालबच्चा पढाउने, उनीहरुलाई ताताे कपडा किन्दिने, बुढी अामालाई ताताे कपडा किन्दिनेत सपना जस्तै भयाे ।

धेरै लामाे कुरा नी के गर्नुर कमरेड । जसाेतसाे जिन्दगी चलेकै छ । थुरथर काँप्दै याे हिउँद पनि जाला । चैत बैशाखमा अलि मेहनत गरेर पैँसा कमाउला । त्यसपछि हजुरकाे लागि कर पनि तिराैँला । हिउँद जाला बर्ख अाउला ऋुतु फेरीयला । हामी गरिब दुःखीकाे जीवन फेरिदैन । नफेरिएपनि केही फरक पर्दैन कमरेड, घाम पानी र चिसाेकाे सामाना गर्ने बानी परिसक्याे । गरिबीमा जिउनुकाे मज्जा छुट्टै छ । क्यारम त । हाम्राे पक्षमा बाेल्दिने, हाम्राे लागि गर्दिने काेही छैन् ।

साँच्ची कमरेड , हिजाे अस्ति हजुरहरु पनि राजनीतिक घर झगडा गरेर रुष्ट हुँदै ” हामी यता छाैँ ” लेखेकाे पम्पलेट देखाएर सडकमा थुच्चुक्क बस्नुभाथ्याे रे । केराकेटीले “फेसबुकमा देखेकाे” भन्दै थिए ।

सडककाे चिसाे भुइमा बस्दा चिसाेकाे महसुस कति गर्नुभयाे कुन्नी कमरेड ? तपाईं त्यता हुनुहुदाेरहेछ, हामी यता छाैँ । हामीले त चिसाे र गरिबी पचाईसकियाैँ । राजनीतिक तनावले रन्थनीयएर अर्थात अत्तालीयर सडकमा अाएर बस्नुभएकाे हाेला । तपाई रहरले त्यता हुनुहुन्थ्यो, हामी त बर्षाैदेखि कहरले यतै छाैँ। यतै बस्छाैँ । अनि यतै मर्नेत हाेला । एकपटक चस्मा खाेलेर हेर्नुहाेस त कमरेड हामी यता छाैँ । घाम छउन्जेल घाम ताप्छाैँ, घाम अस्ताएपछि थुरथर काप्न सुरु गर्छाैं । बडाे गजव छ यार जिन्दगी ।
– हरि जिज्ञासु