नेकपामा उपद्रो मच्चाएवापत माधव नेपालले रजत पदक पाए

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपामा उपद्रो मच्चाएवापत माधव नेपालले रजत पदक पाएको भन्दै व्यङ्ग्य गरेका छन् ।

ओली माधव नेपालसँग बढी आक्रोशित देखिन्थे । “मसँग उधारोे हुन्न हाताहाति चाहिन्छ कहाँ महाधिवेशनसम्म कुर्ने भन्नुहुन्थ्यो,” ओलीको भनाइ थियो, “प्रचण्डले हाताहाती दिनुभएछ । तर झुक्याएर दोस्रो अध्यक्ष ।स्वर्ण होइन रजत पदक पाउनुभएछ । ”