ओलीले आफ्ना बिश्वासपात्रलाई मात्र मन्त्री बनाए- इश्वर पोखरेल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले अब नयाँ जनादेश लिने बताएका छन् । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीलाई सहयोग नगरेकाले नयाँ जनादेश लिनु परेको बताएका छन् ।

शिलापत्र अललाइनमा एक अन्तरवार्ता दिदै इश्वर पोखरेलले यस्तो कुरा बताएका हुन् । उनले पत्रकार बसन्त बस्नेतसँग कुरा गर्दै ससंद बिघटन गर्नुको कारणबारे भनेका छन्, प्रचण्डजीको २८ कात्तिकको आरोपपत्रले हामीलाई त्यहाँ पुर्‍यायो । सँगै बसेर काम गर्न सकिँदैन भन्ने सन्देश त्यसमा थियो ।

यस्तो निर्णय गर्दा सरकार अलोकप्रिय हुन्न भन्ने प्रश्नमा इश्वर पोखरेल भन्छन्, अलोकप्रिय देखिन सक्छ, झट्ट हेर्दा । तर, ताजा जनादेश लिएर आउने भनिसकेपछि त्यो जनताको हितमा, देशको हितमा हुन्छ । संसद् भन्ने संस्थाकै विरोध गरेको ठहर्दैन । बरु अब नयाँ संसद् बन्छ ।

ओलीले आफ्ना बिश्वासपात्रलाई मात्र मन्त्री बनाएका छन् । सबै मन्त्री उनका रवरस्टाम्प भएको आरोप लाग्ने गरेको छ । यस्तै राष्ट्रपति विद्या भण्डारीले समेत प्रधानमन्त्रीको रवरस्टाम्प मात्र भएर काम गरिरहेको आरोप नेकपा कै नेताहरुले लगाइरहेका छन् ।