ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्प अगाडि तेल बोक्ने ट्याङ्करमा आगलागी

काठमाडौँ– ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्प अगाडि तेल बोक्ने ट्याङ्करमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।आइतबार साँझ पेट्रोल पम्पमा तेल झार्ने क्रममा ट्याङ्करको अगाडिको भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि ललितपुर महानगरपालिकाको दमकल, पानी ट्याङ्कर लगायत प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो आगलागीको कारण र क्षतिको विवारण भने आउन बाँकी छ।