विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना

एजेन्सी । बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् । बेलायती सञ्चार माध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी हुन् । म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बे’वारिसे श,वहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् ।

बे’वारिसे श,वहरुको व्यवस्थापनको काम गर्दै आएको संस्थामा कार्यरत उनले अहिलेसम्म ३ सयभन्दा बढी बेवारिसे शवहरुको व्यवस्थापन गरिसकेकी छिन। सडकमा अलत्रप परेका श,वहरु अस्पतालमा लगेर पो’ष्टमा र्टम गर्नेदेखि पशुपति आ’र्यघाटमा लगेर संस्का रअनुसार अन्त्येष्टि गर्ने काममा सपना निरन्तर खटिरहेकी छिन् । सपनासँगै विश्वका विभिन्न क्षेत्रमा कार्यरत अन्य महिलाहरु पनि सयजनाको सूचीमा परेका छन् ।

बीबीसीले प्रत्येक वर्ष त्यस्ता प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूची प्रकाशित गर्दै आएको छ । राजनीति, उद्यम, कला, साहित्य, राजनीति जस्ता पेसा वा सेवा मार्फत महिला स’शक्ती करणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छ’नौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।