स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ । शनिबार राति एट्लेटिकको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना १–० ले पराजित भएको हो ।एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा यानिक कार्रास्कोले गरेको गोल नै निर्णायक बन्यो ।

सन् २०१० पछि एट्लेटिकोले पहिलो पटक बार्सिलोनालाई हराएको हो । हारपछि बार्सिलोना ८ खेलबाट ११ अंकका साथ १०औँ स्थानमा छ ।
एट्लेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ । एट्लेटिकोले ८ खेलमा २० अंक भएको छ ।