तेलेगु अभिनेता चिरञ्जीवीलाई कोरोना पुष्टि

तेलेगु अभिनेता चिरञ्जीवीलाई कोरोना पुष्टि भएको छ। सोमबार ट्विटरबाट उनले आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन्।

उनलाई लक्षणबिनाको कोरोना देखिएको हो। कोरोना पुष्टि भएपछि उनी घरमे आइशोलेसन बसेका छन्।’आचार्यको सिनेमा पुनः सुरू गर्न प्रोटोकल अनुसार परीक्षण गरे र दुर्भाग्यवशः पोजेटिभ आयो। म अहिले लक्षणबिहीन छु र घरमै आइसोलेशनमा छु।

पछिल्लो पाँच दिनमा मलाई भेट्नुहुनेहरूलाई कोभिड परीक्षण गर्न अनुरोध गर्छु। स्वास्थ्यलाभको बारेमा शीघ्र जानकारी दिनेछु’, चिरञ्जीवीले ट्विट गरेका छन्।