विदेशसम्म ख्याती कमाएको पाल्पाली ढाका उद्योग संकटमा

पाल्पा, १६ साउन । स्वदेशदेखि विदेशसम्म ख्याती कमाएको पाल्पाली ढाका उद्योग यतिखेर संकटमा परेको छ ।सयौं जनालाई प्रत्यक्ष रुपमा रोजगारीको सृजना गरेको ढाका उद्योगलाई कोभिड १९ को संक्रमणका कारण देशैभर भएको लकडाउन संगसंगै वुटवल तानसेन सडकको दुरावस्थाको कारणले यति खेर ढाका उद्योग संकटमा परेको हो ।

एक सय वर्ष लामो इतिहास वोकेको पाल्पाली ढाका आन्तरिक र वाह्य र्पयटकहरुको मुख्य रोजाईमा परेको भएपनि कोभिड १९ को संक्रमणको त्रासले आन्तरिक तथा वाह्य पर्यटक ठप्प हुँदा व्यवसाय नै धरापमा परेको हो ।पाल्पा जिल्लाको पहिचान बनेको ढाकाको व्यापार प्रतिदिन खस्किदै गरेको कारण उद्योगमा काम गर्ने कामदारहरुको समेत विचल्ली हुन पुगेको छ ।

पाल्पामा उत्पादित ढाकाबाट टोपी, चोली, पछ्यौरीमात्र नभई विभिन्न वस्तु तयार गरी व्यवसायिक सफलताको वाटोमा यात्रा गर्दा गर्दे गत चैतदेखि भएको लकडाउन साउन १ गते देखि खुकुल्लो भए संगै धेरैजसो पसल व्यवसाय खुलेको भएपनि पाल्पाका अधिकांस ढाका पसल वन्द रहेका छन् ।

ढाकाबाट विभिन्न सामान तयार गरेपनि पछिल्लो समयमा मास्कमा मात्र व्यवसायीहरु खुम्चिएका छन् । जिल्लामा एक सय भन्दा वढी उद्योग भएको विगतका वर्षमा आन्तरिक र वाह्यपर्यटक आउने समयमा दैनिक १० देखि ५० हजार रुपैयाँ सम्मको ढाका जन्य वस्तुको व्यापार गर्ने व्यवसायीहरुको यति खेर व्यापार नहुँदा फुर्सदिला समेत हुन पुगेका छन् ।

यातायात सञ्चालनका लागि कोभिड १९ संक्रमणको भय, त्यसैमाथि पाल्पा वुटवल पाल्पा सडक अत्यन्त नाजुक हुँदा पनि ढाकाको व्यापार खस्किदै गएको र व्यवसायीहरुले वैकल्पीक व्यवस्था अपनाउनु पर्ने समय आएको व्यवसायी शितम भण्डारी वताउनु हुन्छ ।

तानसेनमामात्र नभई यस आसपासका क्षेत्रमा छरिएर रहेकाका ढाका व्यवसायीहरुको समस्या उस्तै भएपनि सहरी क्षेत्रका व्यवसायीहरुलाई सटर भाडा वुझाउन कठिन भएको छ । एकातर्फ कोभिड १९ अर्को तर्फ वर्षातका कारणले पनि व्यवसायी धराशायी बन्दै गएको व्यवसायी ज्ञानु कार्कीको अनुभव रहेको छ ।

तानसेन प्रवेश गर्ने पर्यटकको रोजाईमा पर्ने ढाका, ढाका व्यवसायीहरु संकटमा परेको, उत्पादित वस्तु कम मूल्यमा विक्री गर्नु पर्ने वाध्यता भएको र व्यापार नभएपछि सामानहरु गोदाममा थन्काउन परेको व्यवसायीहरुको गुनासो छ । वैंकको व्याज तिर्न समेत कठिन हुने अवस्था आएको र यस तर्फ सरकारले कुनै ध्यान नदिएको व्यापारी हरि रायमाझी वताउनु हुन्छ ।

पर्यटन व्यवसायसंग जोडिएको ढाका व्यवसायलाई कोभिड १९ ले प्रभावित तुल्याउदा ढाका उद्योगको पहिचान नै गुम्ने अवस्थामा पुगेको छ । वुटवलवाट पाल्पा प्रवेश गर्ने मुख्य नाकामा नै सडकको अवस्था नाजुक भएका कारण पर्यटकको संख्या शून्यमा झरेको छ । ढाका उद्योगलाई जीवन्तता दिनको लागि सरकारले स्पष्ट नीति ल्याउनु पर्ने व्यवसायी यादवसिंह कार्की वताउनु हुन्छ ।

लामो इतिहास वोकेको ढाकाले स्वदेशमामात्र नभई विदेशमा समेत राम्रो पहिचान बनाउन सफल भएको थियो । यस्त उद्योगहरु वन्द भए हजारौको रोजगारी गुम्दै विदेशी मुद्रा आर्जन गर्ने ढोका समेत वन्द हुने अवस्थ हुनेछ । ढाका उद्योगलाई स्थानीय,संघीय र प्रदेश सरकारले सहयोगका् हात फैलाउन पर्ने देखिन्छ ।