उपत्यकामा थप एक हजार ५ सय १२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप एक हजार ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय १२ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये ६ सय २५ महिला र ८ सय ८७ जना पुरुष छन्।अहिले काठमाडौंमा १५ हजार ४५५ , भक्तपुरमा एक हजार २ सय १६ र ललितपुरमा २ हजार १ सय ९१ सक्रिय संक्रमित छन्।