मार्शल लामाको छायांकनमा “घरकीले धुलाई चटायो”

बरिष्ठ निर्देशक तथा मोडेल दिपक आर. एल. ले निर्देशनमा “घरकीले धुलाई चटायो” म्युजिक भिडियो सार्वजनिक हुने भएको छ।

गुरुङ समुदायको एतिहासिक कल्चरमा म्युजिक भिडियो ASOON FILMS PVT.LTD. टिमद्वारा निर्माण गरेको र उक्त गीत जीवन मगरको रचना तथा लय दिपक कान्छाको रहेका छन् भने आशिष बि.सी. र रेजिना कान्छीको स्वर रहेका छन्।

उक्त गीतको भिडियोमा दिपक आर.एल., निर्जला गुरुङ, अनिषा गुरुङ, सञ्जय तामाङ,अञ्जना गुरुङ, आकृती गुरुङ र जीत बहादुर गुरुङले अभिनय गरेका छन्।

“घरकीले धुलाई चटायो” बोलको गीतलाई धादिङको रुबिभ्याली गाउँपालिकाको खातिङ वडा -६ मा मार्शल लामा(९८४४०४२८३३)ले छायांकन गरेका छन्।एउटा घरमा बुढी हुँदा हुँदै अर्की सँग रक्सी खाँदै एक – अर्कामा लडेको कथामा छायांकन सम्पन्न भएका छन् भने रोशन धितालले सम्पादन गरेका हुन्। सो गीतको उत्पादन तथा वितरण धिताल फिल्मस् प्रा.लि. ले गरेको छ।