धर्मको नाममा गरिबको सेन्टीमेन्ट माथि ब्यापार नगर-भगवान भण्डारी

गायिका अन्जु पन्तमाथि गम्भीर आरोप लागेको छ । पन्तले अमेरिकाबाट ‘अन्जु पन्त फाउन्डेशन’ को नाममा सहयोग रकम उठाएर गायब भएको आरोप अर्का गायक भगवान भण्डारीले लगाएका छन् ।

गायिका अन्जु पन्तले ‘अन्जु पन्त फाउन्डेशन’ को तर्फबाट नेपालको कुनै ठाउॅंको गरिब बस्तिमा घरहरू बनाईदिने भन्दै अमेरिकामा सहयोग उठाएको गायक भगवान भण्डारीको भनाई छ । भण्डारीले आफ्नो फेसबुकमा लेखेका छन्, “सहयोगको याचना गर्दै हिनेको थाहा पाएपछि सहयोग गरेको र सहयोग पाएपछी फेसबुकबाट नै ब्लक गरि गायब हुनु भयो, तर त्यो रकम जुन उदेश्यका साथ उठाइएको थियो त्यहि प्रयोग गर्नुहोला ।”

गायिका पन्तले भेटमा आफ्नो पिडा सुनाउदै दुईटै मृगौला फेल भएर मर्न लागेको, खुट्टा भाॅंचिएको, स्वर भासिएको, यी सबै कुराले आफु बाॅंच्नै नसक्ने अबस्थाम पुगेको तर प्रभु यशुले सबै एकै छिनमा निको पारेको कुरा गरेको समेत भण्डारीले आफ्नो फेसबुकमा लेखेका छन् ।

भेटमा केहि गीतहरू पनि सुनाएको र सबै खुशी भएर, सबै मिलेर केहि रकम जम्मा गरि हस्तान्तरण गरि बिदाई गरेको तर पछी नेपाल गएपछि फेसबुकबाट नै ब्लक गरि गाएप भएको उल्लेख छ ।

भण्डारीले गायिका पन्तलाई धर्मको नाममा गरिबको सेन्टीमेन्ट माथि ब्यापार नगर्न समेत सुझाब दिएका छन् ।

भण्डारीले फेसबुकमा लेखेको स्टाटस यस्तो छ-