दिनेश साउदको मङ्गलबार करेन्ट लागेर मृत्यु

बेदकोट नगरपालिका–३ चौरीका २१ वर्षीय दिनेश साउदको मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ।पसलमा काम गर्दै गरेका बेला साउदलाई करेन्ट लागेको हो।

करेन्ट लागेर बेहोस भएका साउदलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। अस्पतालमा शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ।
(रासस)